खुकुरी हानेकाे आराेपमा वडाध्यक्ष पक्राउ

निरन्तर न्यूज
२ भाद्र २०८१, आईतवार १९:५४

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।बाँकेको विनौना निवासी सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा वडाध्यक्ष वली पक्राउ परेका हुन्।

घटनाबारे सोधपुछ गर्न वडाध्यक्ष वलीसहित अन्य ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकाहरूलाई उपचारका लागि भारत पठाइएको छ।वडाध्यक्ष वलीसहितका युवाहरूले राती दुई युवालाई खुकुरी प्रहार गरेका थिए।

प्रहरीका अनुसार, वडाध्यक्ष वलीको यसअघिका रेकर्ड पनि राम्रो नभएको पाइएको छ। वली २०७९ को स्थानीय निर्वाचनमा २ हजार ९७ मतसहित एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*