कुलमानले भ्रष्टाचार गरेको भन्दै रमेश खरेलले दिए अख्तियारमा उजुरी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भ्रष्टाचार गरेको दाबीसहित नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले उजुरी दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन। ‘एन्टी करप्सन नेटवर्कको तर्फबाट मैले आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा सम्पूर्ण प्रमाण सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छु। ’ खरेलले भने ।
घिसिङले राज्यलाई करोडौं रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । ६६ वटा कम्पनीसँग पीपीए गर्दा कानून मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ ।
ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उजुरीमा उल्लेख छ । विद्युत नियमन आयोगको स्वीकृति लिँदा आयोगलाई शुल्क बुझाउनुपर्नेमा विनास्वीकृति पीपीए गरेर राज्यलाई घाटा पु¥याउने काम भएको दाबी गरिएको छ ।यस्तै घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।