मकवानपुरमा श्रीमानले गरे बञ्चरोले हानी श्रीमतीको हत्या
हेटौंडा । मकवानपुरको कैलाशमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको ज्यान लिएका छन्।
सोमबार साँझ मकवानपुरमा कैलाश गाउँपालिका—५ काफलडाँडाका बस्ने २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया श्रीमती लक्ष्मी पाख्रिनलाई बन्चरो प्रहार गरेका हत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहारबाट लक्ष्मीको घटनास्थलमै ज्यान गएको जनाइएको छ। घटना भएलगत्तै स्थानीय मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए।मंगलबहादुरलाई इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रणमा लिसकेको जनाइएको छ। उनी मानसिक विरामी रहेको र औषधि सेवन गरिरहेको बुझिएको छ यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।