पूर्वमन्त्री एवम् एमाले नेता राजभण्डारी जुवाखालबाट पक्राउ

निरन्तर न्यूज
२७ श्रावण २०८१, आईतवार १६:५१

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित सांसद बुद्धिकुमार राजभण्डारी पक्राउ परेका छन् ।

जुवातास खेलिरहेको अवस्थामा उनीसहित ११ जना शनिबार साँझ काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा राजभण्डारीसहित नेकपा (एमाले) का कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती र एमालेकै सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई छन् ।

यस्तै उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महतसमेत पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताएअनुसार काभ्रेको बनेपा नगरपालिका १२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

यसबाहेक पक्राउ पर्नेमा कलाकार पुरुषोत्तम आचार्यसमेत छन् । प्रहरीले उनीहरूको साथबाट नगद एक लाख ७० हजार र १६ बूक तास बरामद गरेको छ । उनीहरू अहिले प्रहरी वृत्त गौशालामा छन् । आइतबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी प्रहरीको छ ।

एमाले नेता राजभण्डारी कोशी प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । पछिल्लो प्रादेशिक निर्वाचनबाट दोस्रोपटक सोलुखुम्बु प्रदेशसभा २ बाट निर्वाचित उनी बहालवाला सांसद हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*