लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका आचार्य नियुक्त

निरन्तर न्यूज
७ श्रावण २०८१, सोमबार १८:१३

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेका उनलाई प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् ।

एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको शपथ ग्रहणका लागि प्रदेश प्रमुखले मंगलबारकै तयारी गर्न अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*