श्रीलंकासँग नेपाल पराजित
काठमाडौं । नेपाल श्रीलंका विकास बोर्डको महिला टोलीविरुद्धसँगको पहिलो टी–२० खेलमा पराजित भएको छ । सरी भिलेजमा मंगलबार भएको खेलमा नेपाल ३३ रनले हारेको हो ।
श्रीलंकन टोलीले दिएको ११९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १५ ओभरमा ९ विकेटको क्षतिमा ६३ रन मात्र बनायो । नेपालका लागि रुविना क्षेत्रीले १७ रन र सीता रानामगरले ११ रन बनाए ।
श्रीलंकाका लागि देव्मी भिहंगाले ३ तथा सेहनीले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको श्रीलंकन टोलीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । टोलीका लागि दुलानी र नुथयान्गनाले २७–२७ रन बनाए ।
नेपालका लागि भने सबनम राईले ३ र राजमती ऐरीले १ विकेट लिए ।
जुलाई १९ देखि श्रीलंकामा आयोजना हुने एसिया कपअगाडि नेपालले श्रीलंकन टोलीविरुद्ध ३ अभ्यास खेल खेल्दैछ । अब दोस्रो खेल बुधबार र तेस्रो खेल जुलाईं १६ मा हुनेछ ।
एसिया कपमा नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्ने छ । नेपालको समूहमा भारत, पाकिस्तान र यूएई छन् ।