निर्यातजन्य बस्तु सम्बन्धी एक दिवसीय अन्तरक्रिया

निरन्तर न्यूज
१० जेष्ठ २०७६, शुक्रबार २२:५७

हेटौँडा । निर्यातजन्य बस्तु तथा सेवा सम्बन्धी एक दिवसीय अन्तक्र्रिया कार्यक्रम शुक्रबार हेटौंडामा सम्पन्न भएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौंको संयुक्त अयोजनामा कार्यक्रम सम्पन्न भएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले ३ नम्बर प्रदेश स्तरबाट निर्यात सम्भाव्य तथा आयात प्रतिस्थापन गर्न सक्ने बस्तु तथा सेवाको विस्तृत अध्ययन गरी प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी गर्ने कार्य गरिरहेको छ ।

सो अध्ययनको जानकारी तथा रायसुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको सभापतित्वमा भएको कार्यक्रममा ३ नं. प्रदेश सांसद प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आतिथ्यता रहेको थियो भने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नविनराज शर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव सन्तोष कुमार अर्याल, काव्यमणि अधिकारी, कार्यसमिति सदस्य विष्णु खनाल, महिला उद्यमी विकास समितिका सभापति निलम वैद्य, कार्यसमिति सदस्य माधव ज्ञवाली, राजाराम कार्की, कृष्ण प्रसाद ढुंगाना, कुल प्रसाद चौलागाई, रुपकराज दहाल, सुनिल अधिकारी, नरेन्द्र भण्डारी, संघका एशोसिएट सदस्य फर्मका प्रतिनिधिहरु, बस्तुगत तर्फका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*