खाद्य वस्तु विक्री वितरण सम्वन्धी जनचेतना

निरन्तर न्यूज
१० जेष्ठ २०७६, शुक्रबार ०७:२७

हेटौँडा । खाद्य पदार्थमा स्वच्छता हामी सवैको प्रतिवद्धता भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्य वस्तु विक्री वितरण सम्वन्धि जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ ।

एघारौँ खाद्य स्वच्छता दिवस २०७६ मनाउने क्रममा जनचेतना सँगै खाद्य पोषण तालिम, होटल स्तरिकरण तथा लोगो वितरण लगायत खाद्य स्वच्छता सम्वन्धि कार्य गरिने पत्रकार भेटघाटमा कार्यालय प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

कार्यालयले खाद्य पदार्थमा स्वच्छता कायम राख्नु हामी सबैको दायित्व भन्दै सरोकारवाला सम्मिलित अन्तरक्रिया गर्ने रिजालले बताए ।

हेटौँडामा पिउने पानी, सागपात, दुग्धजन्य पर्दाथहरुमा अत्याधिक अखाद्य पाइएको उपभोक्ताहरुले बताउँदै आएका र हालसालै ७९ वटा खाद्य उद्योग उपर मुद्दा दायर गरिएको सूचना अधिकृत आकाश काफ्लेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*