हेटौँडा व्यापार मेलामा डेढ करोडको कारोबार, विस्तृत विवरण दिइएन

निरन्तर न्यूज
१० जेष्ठ २०७६, शुक्रबार ०५:५७

हेटौंडा । गत फागुनमा हेटौँडाको क्याम्पा डाँडाको चौरमा गरिएको औद्योगिक व्यापार मेलामा १ करोड ४० लाखको कारोबार भएको पत्रकार सम्मेलन जनाइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको विज्ञप्तीमा एकमुष्ठ आम्दानी खर्चको हिसाब मात्र राखिएको छ । कुन शिर्षकमा के कति आम्दानी र खर्च भएको भनेर राखिएको छैन । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण कटुवालले प्रतिवेदनको शैलिमा फरर शिर्षक सुनाएपिन शिर्षक अनुसारको आय-व्यय विवरण कसैलाई पनि उपलब्ध गराइएन ।

विहीबार संघको हलमा गरिएको पत्रकार सम्मेलनमा आम्दानी–खर्चको कुल हिसाब लेखिएका विज्ञप्तीमा ६२ लाख ९४ हजार नाफा भएको उल्लेख गरिएको छ । उक्त नाफा मध्ये ५८ लाख ५२ हजार रुपैयालार्य पल्पसा अतिथि गृह निर्माणको लागि छुट्याएको उल्ल्लेख छ ।

मेला अवधिभर सञ्चार माध्यमलाई दिएको विज्ञापन अन्तर्गत राष्ट्रिय तहमा १ लाख ६० हजार र स्थानीय तहमा ५ लाख ५ हजार रहेकाे छ । पत्रकार सम्मेलनमा विज्ञप्तीमा पूर्णता नभएको र लेखापद्धति अनुसार पूर्ण विवरण नआएको भन्दै पत्रकारहरुले चर्को आवाज उठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*