अब हेटौँडामा लाइसेन्स नविकरण

निरन्तर न्यूज
८ जेष्ठ २०७६, बुधबार १३:४८

हेटौँडा । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सेवा कार्यालय हेटौँडाले आज बुधबार देखि सवारी चालक अनुमति पत्र नविकरण सेवा सुचारु गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा उपमहानगरपालिका वडा नं ११ थानाभर्याङ स्थित यातायात व्यवस्था सेवा कार्यालयबाट २६ जना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गर्दै शुभारम्भ गरेका हुन् ।

मुख्य मन्त्री पौडेलले २ महिना भित्रमा नियमित रुपमा स्मार्ट लाइसेन्स आउने छ सबै प्रक्रियाहरु पुरा भैसकेका छन् यसमा निश्चिन्त रहन आग्रह गरे ।

मुख्यमन्त्री पौडेलले आफु मातहतको मन्त्रलाय भएको बताउँदै यस कार्यालयमा हुने डरलाग्दो अनियमितता बारे आफुलाई जानकारी आइरहने बताउँदै सेवाग्राहीलाई सहज र सरल ढंगले सेवा दिने र आर्थिक अनिनयमिता रोक्ने आफ्नो लक्ष रहेको स्पष्ट पारे ।
नविकरण सवारी चालक अनुमत्रि पत्रलाई स्मार्ट लाइसेन्स वितरण गर्ने विभागमा पठाएको २ महिनाको अवधिमा सेवाग्राहीको हातमा पर्ने व्यवस्था गरिएको अधिकृत सुरेश चापाइले जानकारी दिए ।

कार्यक्रममा सेवा कार्यालयका प्रमुख पोषण थापाक, प्रदेश ३ भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशल किशोर झा, हेटौंडा उपमहानगरपालिका वडा नं ११ का जनप्रतिनिधि गोकर्ण पराजुली लगायतले आफ्नो धारण राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*