राष्ट्रियसभा निर्वाचन : हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

निरन्तर न्यूज
१७ पुष २०८०, मंगलवार ११:४७

हेटाैँडा । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० का लागि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार हेटौंडा–५ स्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशबाट ४ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार वाग्मती प्रदेशमा ३ सय ४७ जना मतदाता रहेका छन् ।

प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् । यसवर्ष प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहको १९ कायम गरिएको छ । मतदान हेटौंडा–४ स्थित भुटनदेवी मावि प्राविधिक शिक्षालयको ‘एफ’ ब्लकमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*