बागमती प्रदेशका मन्त्री युवराज दुलालका अंगरक्षक मृत फेला
काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) मृत फेला परेका छन् ।
मन्त्री दुलालका पीएसओ यामबहादुर सुवेदी मंगलबार हेटौडा उपमहानगरपालिका वडानम्बर ११ को बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । कम्मर पेटीले घाटीमा पासो लगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।