सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल थुनामा पठाउन आदेश

निरन्तर न्यूज
१६ कार्तिक २०८०, बिहीबार १६:५८

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहाको निर्णय बदर गर्ने आदेश दिएको हो ।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ ठहर गरेको छ । उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश समेत अदालतले दिएको छ ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । रिगलको सजाय मिनाहा गर्ने निर्णयको सर्वत्र विरोध भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*