बिद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेकाे भन्दै लेखा अधिकृतसहित ५ जना बिरुद्ध मुद्दा

निरन्तर न्यूज
७ आश्विन २०८०, आईतवार १६:२७

काठमाडौं। बाराको सिम्रौनगढ नगरपालिका–८ मा रहेको जनता माविको भवन निर्माणमा साढे ६ लाखभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ। भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरणदेवी यादव विरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरु विरुद्ध ६ लाख ५८ हजार ४४० रुपैयाँ बिगो मागदाबी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*