२६ लाख नगदसहित आन्तरिक राजश्वका अधिकृत पक्राउ

निरन्तर न्यूज
२५ भाद्र २०८०, सोमबार १२:४८

काठमाडौं । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*