ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा छोड्न आदेश (सूचीसहित)

निरन्तर न्यूज
२५ भाद्र २०८०, सोमबार ०७:३१

काठमाडौं । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटी र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । पक्राउ परेका केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश भएको छ ।

मुख्य योजनाकार देखाइएका मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरिएको छ। ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।

कसलाई कति धरौटी?
१) मीनबहादुर गुरुङ– २ करोड ४६ लाख
२) कलाधर देउजा –१५ लाख
३) विनोद पौडेल– १५ लाख
४) बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार
५)रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार
६) घमन कुमार कार्की– ७ लाख ५० हजार
७) गोपाल कार्की –७ लाख ५० हजार
८) शिवजी भट्ट–३ लाख ३० हजार
९) योगराज पौडेल– ७ लाख ५० हजार
१०) नारायणराज मिश्र –७ लाख ५० हजार
११) अरुण कुमार श्रेष्ठ –७ लाख ५०
१२) ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार
१३) बाबुराजा महर्जन– १ लख १० हजार
१४) देवनारायण महर्जन – १ लाख १०
१५) सकलानन्द महर्जन– १ लाख १० हजार
१६) सञ्जय कुमार महर्जन– १ लाख १० हजार
१७) लोकहरि घिमिरे –७ लाख ५० हजार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*