पूर्वउपराष्ट्रिपति नन्दकिशोर पुनका छोरा दिपेशसँग सिआइबीले लियाे बयान

निरन्तर न्यूज
१९ भाद्र २०८०, मंगलवार २१:२५

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी)ले पूर्वउपराष्ट्रिपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

पुनले आफैंले महाराजगञ्जस्थित ब्यूरो पुगेर बयान दिएका हुन् ।

गत ३ साउनमा एयरपोर्टबाट भएको ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाहरुसँग पुनको पनि उठवस देखिएपछि सीआईबीले उनीसँग बयान लिन खोजेको थियो । मंगबार पुन आफैं पुगेका बयान दिएको स्रोतले बतायो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*