प्रदेश सांसद सिंह पक्राउ
काठमाडौं । सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले पक्रेको छ ।
मुलतबी रहेको ज्यान मुद्दाका आरोपी सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा ०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी छन। प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको छ ।
विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४९२० बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।