कृष्णबहादुर महराका छोरा राहुल पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको छ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि महरालाई पक्राउ गरिएको हो ।
उनलाई काठमाडौंबाटै पक्राउ गरिएको जानकारी नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।
भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा महराका बाबुछोरा नै मुछिएका छन्।
जिल्ला अदालत, काठमाडौंले राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि १० दिन समय माग्दै अदालत लगिएको थियो । तर अदालतले ५ दिन दिएको छ ।