ललिता निवास प्रकरणमा मुद्दा नचल्ने भएपछि पूर्व निर्वाचन आयुक्त शाह रिहा

निरन्तर न्यूज
११ भाद्र २०८०, सोमबार ०७:३७

काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर शाहविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

मुद्दा नचल्ने निर्णयपछि शाह रिहा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई असार १२ मा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।पूर्व निर्वाचन आयुक्त शाहले जिल्ला मालपोत कार्यालय भक्तपुरमा रहँदा ललिता निवासको जग्गाको कागजात किर्ते गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

डिल्लीबजार मालपोतका कर्मचारीसँग मिलेर शाहले पत्नी उर्मिला शाहको नाममा ५ रोपनी जग्गा ‘हालै देखिको बकस पत्र लिखित पारित गराएको’ भन्दै प्रहरीले उनलाई प्रतिवादी कायम गर्न राय दिएको थियो । तर, आइतबार अभियोग पत्र दर्ता गर्दा सरकारी वकिलले उनलाई प्रतिवादी बनाएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*