घुस रकमसहित नापी कार्यालयका अमिन पक्राउ
काठमाडौं। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सिरहाको लाहान नगरपालिको नापी शाखामा कार्यरत अमिन दिपरन्जन यादव घुस रकमसहित पक्राउ परेका छन् ।
महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो अमिन दीपरञ्जन यादवलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाउन सेवाग्राहीसँग लिएको १० हजार रुपैयाँ घुस रकमसहित फाँटबाटै नियन्त्रणमा लिएको हो।
लहान नगरपालिका १६ र १७ नम्बर वडामा पर्ने तरेगना गोविन्दपुर क्षेत्रको गाउँब्लक जग्गा नापीमा संलग्न रहेका यादवले स्थानीय व्यक्तिको हकभोगमा रहेको एक कट्ठा एक धुर गाउँब्लक जग्गा छोराबुहारीको नाममा जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाउन १० हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।