नक्कली शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका ज्ञवालीसहित ५ एआईजीको सरुवा
काठमाडौं । सरकारले ४ महिनाअघि मात्र पदस्थापन गरिएको नेपाल प्रहरीका ५ अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ भने नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्धा अनुसन्धानमा समन्वय गरेका श्याम ज्ञावालीलाई प्रहरी प्रधानकार्यालयको कार्यविभागमा सरुवा गरिएको छ।
मानवस्रोत विकास विभागका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, कार्य विभागकी मिरा चौधरीलाई प्रशासन विभागमा र प्रशिक्षण प्रतिष्ठानका टेकप्रसाद राईलाई मानवस्रोत विकास विभागमा सरुवा गरिएको हो ।