भारतीय दूतावासले काठमाण्डाैँमा मनायो ७७औं स्वतन्त्रता दिवस

निरन्तर न्यूज
३० श्रावण २०८०, मंगलवार १६:१५

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

स्वतन्त्रता दिवसको सो अवसरमा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका थिए ।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो ।
राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरेका थिए ।

कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो ।

दूतावासको फेसबुक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*