सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकिया रिहा
काठमाडौं । सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकिया रिहा भएका छन् ।
खोजेका बेला उपस्थित हुने सर्तमा अध्यागमनले उनलाई बिहान ११ बजे रिहा गरेको हो । सय किलो सुन प्रकरणमा अनुसन्धानका लागि भनेर ३० वर्षीय रोहनलाई शुक्रबार पक्राउ गरिएको थियो। राजस्वको पत्रअनुसार अध्यागमनले अडुकियाको राहदानी कालोसूचीमा राखेर निगरानी गरिरहेको थियो।
तर प्रकरण अनुसन्धान गरिरहेका राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) दुवैले बुझ्न नमानेपछि उनलाई अध्यागमनले छाडिदिएको हो। सुन तस्करी प्रकरणमा आफूहरूको खोजीको सूचीमा नरहेको भन्दै राजस्व र सीआईबी दुवैले उनलाई जिम्मा लिन अस्वीकार गरेका थिए। त्यसपछि विमानस्थल अध्यागमन कार्यालयमै लगिएका उनलाई आज बिहान रिहा गरिएको हो।