सुन तस्करमा पक्राउ परेका दुई जना चिनीयाँ नागरिक रिहा

निरन्तर न्यूज
२७ श्रावण २०८०, शनिबार १८:५३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन जान लाग्दा सय किलो सुन प्रकरणमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई पनि रिहा गरिएको छ।

ली जियालिङ र लिउ फुयान नाम गरेका चिनियाँ नागरिकलाई शुक्रबार बिहान ९ बजेतिर हिमालयन एयरको जहाजबाट चीन जान लाग्दा राजश्व अनुसन्धान विभागको आग्रहअनुसार अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सीआईबीलाई बुझाएको थियो।

तर उक्त प्रकरणमा उनीहरूको संलग्नता नदेखिएकाले आज बिहान ११ बजेतिर उनीहरूलाई छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । सोही प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अदुकियालाई पनि आजै बिहान छाडिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*