नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा आठौं डाक्टर पुनम पक्राउ

निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार १५:४२

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा थप एकजना अर्को ‘डाक्टर’ पक्राउ परेका छन् र

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजधानीस्थित सुमेरु सिटी हस्पिटलमा कार्यरत ‘डा.’ पुनम थापा चौधरीलाई पक्राउ गरेको हो । पूराना केसलाई अध्ययन गरेर नयाँ कारबाही चलाएको सीआईबीले नेपाली कांग्रेसका सांसद तथा मेडिकल कलेज सञ्चालक सुनिल शर्मासहित ८ जनालाई पक्राउ गरिसकेको छ ।

यसअघि सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*