राकेश अडुकियाका छोरा रोहन त्रिभुवन विमानस्थलबाट पक्राउ

निरन्तर न्यूज
२६ श्रावण २०८०, शुक्रबार १५:३३

काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका व्‍यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

नयाँ दिल्ली हुँदै इन्डियो विमानमार्फत काठमाडौं आएका उनलाई विमानस्थलबाटै पक्राउ गरिएको त्रिभुवन विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

पक्राउ परेका उनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाइएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो ।
असार ३० मा हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स हुँदै काठमाडौं ल्याइएको ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी हुँदा राकेश अकुडिया पनि मुछिएका छन् । प्रहरीले उनलाई खोजिरहेको बेला छोरा पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा नाम जोडिएपछि राकेश भने फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*