बागमती प्रदेशमा ६ प्रतिशतले अपराध बढयो : प्रहरी
हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले आव ०७८।०७९ भन्दा आव ०७९।०८० मा ६.२२ प्रतिशतले अपराधको मुद्धा बृद्धि भएको जनाएको छ । बुधबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आर्थिक बर्ष ०८०।०८१ का लागि गरिएको कार्य सम्पादनको बारेमा समेत जानकारी गराएको हो ।
पत्रकारसँगको अन्तरक्रियामा प्रदेश प्रहरी प्रवक्ता समेत रहेका प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी कार्यालय र यसको मातहतका कार्यालयले गत आर्थिक बर्षको घटनाको अवस्थाका,अपराध नियन्त्रण,भन्सार छलेर ल््याएका सामान नियन्त्रणा लिएको,सवारी दुर्घटना, हत्या अपराध,बलात्कारका घटना, जजक,सामुदायिक प्रहरी साझेदारी कार्यक्रमका बारेमा पत्रकारलाई जानकारी गराउनु भयो । उहाँले आव ०७८÷०७९ मा ४ हजार ४ सय ५ अपराधका बिभिन्न मुद्धाहरु रहेकोमा आव ०७९ ÷०८० मा बढेर ४ हजार ६ सय ७९ पुगेको बताउनु भयो ।
उहाँले फैसला कार्यन्वयनतर्फ गत आवमा एक हजार एक सय ७२ जना पक्राउ गरीएको र जरिवाना बापत सात करोड ९ लाख ८ हजार ५ सय ८८ राजश्व संकलन भएको बताउन भयो । गत बष ४७ नाल हातहतियार र ३१ जना पक्राउ परेको रेग्मीले बताउनु भयो । रेग्मीले बागमती प्रदेश प्रहरी कार्यालय र यसको मातहतका प्रहरी कार्यालयसँग आर्थिक बर्ष २०८०÷ ०८१ का लागि दश प्रमुख लक्ष्य सहित १४ वटा प्रहरी कार्यालयसँग कार्य सम्पादन गरेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर,चितवन, धादिङ, नुवाकोट, रसुवा ,काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखाका प्रहरी प्रमुखसँग र बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, बागमती प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौँडा,रातोमाटेसंग कार्य सम्पादन करार सम्झौता गरिएको जनाइएको छ ।
प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले आर्थिक बर्ष २०८०÷०८१ का लागि गाँजा खेतीलाई निरुत्साहित गर्न कफी खेती देखि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षामा पुस्तकालय सम्मको १० प्रमुख लक्ष्य सहित कार्य सम्पादन गरिएको बताएको बताए । साथै बागमती प्रदेश प्रहरी कार्यालयले १० प्रमुख लक्ष्य पुरा गर्न ७९ वटा क्रियाकलाप निर्धारण गरिएको जनाइएको छ । सिधाखबरबाट ।