कुटपीटबाट दुई कैदीको ज्यान गएपछि संखुवासभा कारागारमा तनाव
काठमाडौं । संखुवासभा कारागारमा कुटपीटाम दुईजना कैदीको ज्यान गएपछि तनाव भएको छ।भाग्न खोज्दा पक्राउ परेका कैदीको अरुको कुटाइबाट मृत्यु भएपछि अहिले कारागारमा तनाव भैरहेको छ । मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।
तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए। दुई कैदीको मृत्यु र ९ जना कैदीबन्दी पक्राउ परेपछि कारागार क्षेत्रमा तनाव भएको हो।अहिले भित्रबाट कैदीबन्दीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्।
मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर फेरि कारागारमा लगेको थियो। तर उनीहरुलाई अन्य कैदीले कुटपिटपछि ज्यान गएको हो। घटनापछि जिल्ला प्रशासन कार्यालयले एक छानबिन समिति गठन गरेको छ।