मकवानपुरमा लागूऔषध गाँजासहित ६ जना पक्राउ

निरन्तर न्यूज
२० श्रावण २०८०, शनिबार १२:५२

हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित पूर्वपश्चिम राजमार्गबाट लागूऔषध गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुलीको हरिहरपुर गाउँपालिका वडा नम्बर ३ नयाँबस्तीका ३० वर्षीय बुद्धबहादुर भोलन र सोही स्थानका ३० वर्षकै लालबहादुर तामाङलाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जाँंदै गरेको बा ४ ख २१९१ नम्बरको बस जाँचका क्रममा उनीहरुको साथबाट साढे ६ किलो लागूऔषध गाँजा फेला पारेको हो ।

मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीका अनुसार उनीहरुले बोकेको झोलामा लुकाएर ल्याएको अवस्थामा गाँजा फेला परेको हो ।

यस्तै प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाटै ९ किलो १५० ग्राम लागूऔषध गाँजासहित थप ४ जना पक्राउ गरेको छ । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ८ ख ७३४६ नम्बरको बस चेकिङको क्रममा ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका १ का ३१ वर्षका धनराज गिरी, भारतको जिल्ला सितामडी मसल वडा नम्बर ६ का १९ वर्षीय दीपक यादव, धनुषाको महेन्द्रनगर नगरपालिका ११ नम्बर वडाका १९ वर्षीय रविकुमार महरा र मकवानपुरको राक्सिराङ गाउँपालिका ३ का ४५ वर्षका बुदेलाल डिम्डुङ रहेको प्रवक्ता कार्कीले बताए ।

लागूऔषध गाँजासहित पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता कार्कीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*