गौर हत्याकाण्ड पीडित र प्रधानमन्त्रीबीच भेटवार्ता

निरन्तर न्यूज
२० श्रावण २०८०, शनिबार १२:३४

काठमाडौं । गौर हत्याकाण्डका पीडितले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज छलफल गरेका हुन । न्यायको माग गर्दै आएको गौर हत्याकाण्ड पीडित संघर्ष समितिको टोली बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएको संघर्ष समितिको संयोजक रुपसागर देवीले जानकारी दिइन् । गौर हत्याकाण्डका पीडितहरू लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहेका छन् । उनीहरूले धर्ना र प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*