अधिवक्ता भगवती पाण्डे पक्राउ
निरन्तर न्यूज
१७ श्रावण २०८०, बुधबार १९:३४
काठमाडौं । ‘तामाङ जातिमा हाड-नाताबीच विवाह गर्ने चलन हुँदा समाजमा अपराध मौलायो’ भन्ने अभिव्यक्ति दिएर विवादमा आएकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
एक टेलिभिजन अन्तर्रावार्तामा राखेको धारणाका कारण विवादमा आएकी पाण्डेविरुद्ध तामाङ तथा मगर समुदायले प्रहरीले उजुरी दिएका थिए ।
पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ समुदायले प्रदर्शनसमेत गरेका थिए ।