सुन तस्करी प्रकरण: ठमेलको होटलमा विभागको छापा, एक जना पक्राउ
काठमाडौं । सुन तस्करीको विषयलाई लिएर राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।
सय किलो सुन तस्करी प्रकरणमा जोडिएको पाइएपछि विभागको टोलीले शनिवार राति भियनामा छापा मारेको हो । भियाना होटलबाट शनिबार राति तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ ।त्यहाँबाट केही कागजात र सामग्रीहरु विभागले लगेको बताइएको छ ।
हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र हुन् ।उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए ।