विवादमा आएकि अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

निरन्तर न्यूज
१२ श्रावण २०८०, शुक्रबार १९:०३

काठमाडौं । तामाङ समुदायमा दाजु-बहिनीबीच विवाह चलेका कारण समाजमा अपराध बढेको भन्ने आशयको अभिव्यक्ति दिएर विवादमा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केही दिनअघि परेको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भगवतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पाण्डेले आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ समुदायका व्यक्ति तथा संस्थाले जाहेरी दिएका थिए।

पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पाण्डेले एक टेलिभिजनसँगको अन्तर्वातामा हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*