मकवानपुरे पत्रकार श्रेष्ठ र डाक्टर भट्टराई सम्मानित

निरन्तर न्यूज
७ श्रावण २०८०, आईतवार ०८:१९

हेटौँडा । हेटौँडामा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई र पत्रकार सुरेश श्रेष्ठ सम्मानित भएका छन् । मातृभूमि साहित्य समाज मकवानपुरले ‘मातृभूमिले महालक्ष्मी साहित्य पुरस्कार २०७९’ प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई प्रदान गरेको हाे भने पत्रकार श्रेष्ठलाई केशवलाल स्मृति पत्रकारिता पुरस्कार प्बारदान गरिएकाे हाे ।

मातृभूमि साहित्य समाज मकवानपुरले एक कार्यक्रमका बीच प्रा.डा. भट्टराईलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । महालक्ष्मी विकास बैंकले पुरस्कार रकम प्रदान गर्दै आएको छ ।

यसैगरि हेटाैँडाबाट सन्चालन भैरहेकाे समृद्ध  समाज दैनिकका सम्पादक तथा रेडियो निकासका स्टेशन म्यानेजर सुरेश श्रेष्ठलाई केशवलाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आमसञ्चार तथा पत्रकारिता विषयमा अध्यापन गरिरहेका प्राध्यापक श्रेष्ठलाई नगद ७ हजार ५ सयसहित पुरस्कृत गरिएको हो । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव बहादुर पोखरेलको अध्यक्षता तथा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालको प्रमुख आतिथ्य रहेको थियो ।

सम्मानपछि प्रा.डा. भट्टराईले साहित्यकारले मात्रै नभई सबैले लेख्नु पर्ने बताउनुभएको छ । सबैलाई लेख्न आग्रह गर्नुहुँदै प्राडा भट्टराईले बैंकले साहित्यिक पुरस्कार स्थापना गरेको पहिलो पटक सुनेको बताउनुभयो । अंग्रेजी विषयका प्राध्यापक समेत रहनुभएका भट्टराईका ६५ वटा कृति प्रकाशित छन् । १५ वटा कृति प्रकाशोन्मुख रहेको उहाँले जानकारी दिनुभयो । जीवनमा कम्तिमा एउटा कृति प्रकाशन गर्न आग्रह गर्नुभयो । विश्व सन्दर्भमा लेखनका विषयमा कार्यशालाको आयोजना गर्न सुझाव दिनुहुँदै २ वटा कविता संग्रह समेत प्रकाशन गर्नुभएका प्राडा भट्टराईले एउटा कविता पनि वाचन गर्नुभयो ।

यसअघि शुक्रबार मातृभूमिले विभिन्न क्षेत्रका ६ व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । महालक्ष्मी विकास बैंकको बागमती प्रादेशिक शाखाका प्रमुख शम्भु पराजुली, हेटौँडा शाखा प्रबन्धक अनन्तराज धितालको पनि आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी साहित्यकारले रचना वाचन गरेका थिए । आश्वासन दाहालले नेपाली संगीत क्षेत्रको विकासक्रम बारे जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*