सुन तस्करी प्रकरण : एक्स-रे मेसिन हेर्ने नासु श्रेष्ठ निलम्बित
काठमाडौं । त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । एक्स(रे मेसिन हेर्ने श्रेष्ठलाई भन्सार विभागले करिब एक क्विन्टल सुन तस्करी भएपछि निलम्बन गरेको हो ।
श्रेष्ठसँगै निलम्बित हुनेको संख्या तीन पुगेको छ । यसअघि भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाल पनि निलम्बन भइसकेका छन् । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको थियो ।