पशुपतिनाथको मन्दिरको जलहरीमुनि थप ४३ तोला सुन भेटियाे
काठमाडौं । पशुपतिनाथको मन्दिरको जलहरीमुनि थप ४३ तोला सुन भेटिएको छ । आज (शुक्रबार) बिहान सफा गर्ने क्रममा जलहरी राखिएको मुनितिर थप सुन फेला परेको हो ।
जहलरीमुनिको भागमा सफाइ गर्ने क्रममा सुन र जर्ति भेटिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक डा। घनश्याम खतिवडाले बताए। थप खोज्ने कार्य भैरहेको र परिमाणबारे बेलुकासम्म जानकारी आउने खतिवडाले बताए ।
यसअघि असार ११ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिवलिङ्गमा राखिएको सुनको जलहरीको नापतौल र गुणस्तर जाँच गरेको थियो ।
अख्तियारले पशुपति क्षेत्र विकास कोष, पशुपतिनाथका पुजारी, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, लगायतको रोहवरमा गरेको नापतौलमा जलहरीमा राखिएको करिब १०७ किलो भएको पाइएको थियो ।