किर्ते गरी नागरिकता लिने उपमेयर यादव पक्राउ
काठमाडौं । किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन् । उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
अहिले उनलाई हिरासतमा राखिएको छ। उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन्। उनको भारतीय मतदाता परिचयपत्र र आधारकार्ड पनि फेला परेको छ।उनका पति महेन्द्र यादव भारतीय हुन्। उपमेयर यादवको माइती भने डाक्नेश्वरी नगरपालिकामै पर्छ।
भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएपनि पछि पुनः नेपाली नागरिकता लिएकी थिइन्। उनले ०६४ साउनमा नेपाली नागरिकता लिएको खुलेको छ।उनका पतिको पनि दोहोरो नागरिकता रहेको उजुरी परेको छ। उनी हाल फरार छन्।