सिँचाइ विभागका पूर्वमहाप्रबन्धक राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

निरन्तर न्यूज
४ असार २०८०, सोमबार १६:४०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महाप्रबन्धक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनको ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*