नक्कली भुटानी शरणार्थी प्रकरणमा आज जवाफी बहस हुने

निरन्तर न्यूज
१ असार २०८०, शुक्रबार ११:१४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको जवाफी बहस आज शुरु हुँदैछ ।

बिहीबारबाट सबै प्रतिवादीहरु तर्फका कानुन व्यवसायीहरुको बहस सकिएपछि आज जवाफी बहस हुन लागेको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेसहित ४ जना कानुन व्यवसायीहरुले जवाफी बहस गर्नेछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आज २ बजेभित्र बहस सक्न निर्देशन दिइसकेका छन् ।

जवाफी बहस सकिएपछि धरौटीमा छाड्ने वा थुनामै राखेर मुद्दा अघि बढाउने भन्नेबारे आदेश आउने बताइएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । भने अन्य १२ जना अझै फरार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*