नेपाल-भारतबीच भए बिभिन्न समझदारी
नयाँ दिल्ली । नेपाल र भारतबीच विभिन्न समझदारी भएका छन् । भारतको ४ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएपछि यी समझदारीहरू भएका हुन् ।
प्रधानमन्त्रीद्वयले केही परियोजनाका शिलान्यास तथा उद्घाटनसमेत गरेका छन् ।
के-केमा हस्ताक्षर भए ?
• सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
• नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
• बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन
• अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास
• गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास
• सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
• तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट
• फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट
• क्रस बोर्डर पेमेन्ट समझदारी