टोप बहादुर रायमाझी एमालेबाट निलम्बित
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोप बहादुर रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालरे जानकारी दिएका छन् ।
रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । यसै प्रकरणमा आजमात्रै पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।