टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

निरन्तर न्यूज
२१ बैशाख २०८०, बिहीबार १०:५७

रुपन्देही। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेकपा एमालेका सचीव टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका रायमाझी आज विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई आजै काठमाडौँ लैजाने तयारी भएको प्रहरी स्रोतले बताएको छ । यद्यपि रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*