हेटौंडाका दुईसहित १६ जना जुवा खालबाट पक्राउ

निरन्तर न्यूज
९ चैत्र २०७९, बिहीबार १०:३१

काठमाडौं । नेपाल प्रहरीले जुवा खालबाट हेटौंडाका दुईसहित १६ जना पक्राउ गरेको छ । मध्यपुर थिमि-१ लोकन्थलीस्थित मझेरी क्याफेमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा क्याफेका सञ्चालक दिलीप गिरी, सिन्धुपाल्चोक चौतरा साँगाचोकगढी नगरपालिका-१२ घर लोकन्थली बस्ने ४९ वर्षीय टिकाराम गिरी, जुगल गाँउपालिका-५ घर भई कौशलटार बस्ने ४६ वर्षीय जितबहादुर विश्वकर्मा, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाँउपालिका-६ घर भई कोटेश्वर बस्ने ३५ वर्षीय नवराज बोहरा, जुगल-१ घर भई थिमी बस्ने ३२ वर्षीय सन्तोष श्रेष्ठ, सुनकोशी-९ घर भई काँडाघारी बस्ने ५८ वर्षीय कसाङ लामा रहेका छन् ।

मकवानपुर हेटौडा-१८ घर भई लोकन्थली बस्ने ३५ वर्षीय कृष्ण बहादुर मोक्तान, सोही ठाउँ घर भई कोटेश्वर बस्ने ३० वर्षीय विक्रम ब्लोन मोक्तान, दोलखा कालिन्चोक-३ घर भई थिमी बस्ने ३९ वर्षीय कृष्ण बुढाथोकी, रसुवा गोसाईकुण्ड गाँउपालिका-६ घर भई काभ्रेको बनेपा बस्ने ३९ वर्षीय छवाङ वाईवा, भारत घर भई कुपण्डोल बस्ने ३२ वर्षीय मदन मण्डल र ३० वर्षीय सुनिल कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले काभ्रेको मण्डनदेउपुर-३ घर भई स्वयम्भु बस्ने ३८ वर्षीय शंख बज्र लामा, पाँचखाल-३ घर भई थिमि बस्ने ३५ वर्षीय सन्तोष चौलागाई, नमोबुद्ध-७ घर भई कोटेश्वर बस्ने २९ वर्षीय सुमन खनाल र ३६ वर्षीय गोपाल कुईकेललाई पनि पक्राउ गरेको छ ।
प्रहरीले जुवा खालबाट २ लाख ४२ हजार ८५० रूपैयाँ, ४८ हजार ५०० भारतीय रुपैयाँ र १६ बुक तास बरामद गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*