प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कतार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतार जाने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उनी फागुन २० गते कतार जाने निश्चित भएको छ । उनी विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
दुई दिने भ्रमण सकेर उनी फागुन २२ गते काठमाडौं फर्कने कार्यक्रम तय भएको छ । कतारको दोहामा हुने सो सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखहरू सहभागि हुनेछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो पहिलो विदेश भ्रमण भारत हुनसक्ने बताएका थिए । तर, उनको पहिलो विदेश भ्रमण कतार हुने भएको हो ।