९ किलो सुनसहित एकजना पक्राउ
निरन्तर न्यूज
१९ माघ २०७९, बिहीबार २०:४४
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले दुबईबाट सुन लिएर नेपाल आएका क्यानेडियन नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई पक्राउ गरेको हो ।
फ्लाई दुबईको एफ-२५७३ विमानमार्फत काठमाडौँ आएका उनलाई बुधबार राति १२ बजे चेकजाँचका क्रममा पक्राउ गरिएको छ ।