रोक्का जग्गा फुकुवा गर्ने भन्दै घुस लिने यादव अख्तियार हेटौडाको फन्दामा

निरन्तर न्यूज
२३ पुष २०७९, शनिबार ०९:५३

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेट सञ्जयप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग रू ११ हजार बराबरको घुस लिएको पाइएको छ । आयोगले यादवलाई गत असोज ३१ मा कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

आयोगका अनुसार अपरेटर यादवले दुई पटक गरी रु ११ हजार बराबरको घुस लिएको आयोगको हेटौँडा कार्यालयले जनाएको छ  । आयोगका अनुसार आरोपितलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*