अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने शाहसहित ६ पक्राउ

निरन्तर न्यूज
२२ पुष २०७९, शुक्रबार २२:२९

काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्रको हो । उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद लिएको छ । ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको बताए ।

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका-६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् । विजयविक्रम पृथ्वी शाहका भाई हुन् ।

कम्तिमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका देखिएको थियो ।

आरोपितविरुद्ध ुहन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेडु लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो । यी कम्पनीले विदेशी मुद्रा कारोबारको अनुमति नलिएको, तोकिएको सर्तविपरित कारोबार गरेको लगायतका आरोप लगाइएको छ ।

त्यस्तै अमेरिकी नागरिक जुलिया होडेज लगायत विदेशीसँग एन्टी भाइरस नवीकरण वापत्को रकम पठाउन भन्दै झुक्याएको र जुलियाको कम्प्यूटरमा अनधिकृत पहुँच पुर्‍याई अमेरिकी डलर ट्रान्सफर गरेको त्यसक्रममा वायर स्क्याम गरी स्वीफ्ट मार्फत् अमेरिकी डलर ४६ लाख ४६ हजार ७ सय ३७ र नेपाली ३ करोड २२ लाख २८ हजार ६ सय ८० र पाउण्ड स्टर्लिङ १२ हजार ८ सय २५ को शंकास्पद कारोबार गरेको पाइएको ब्युरोले जनाएको छ ।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको थियो ।

वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*