एलन मस्कले ट्वीटर छोड्ने

निरन्तर न्यूज
६ पुष २०७९, बुधबार ११:४९

काठमाडौं । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । ट्वीट गरेर उनले सकेसम्म छिटो रानीनामा दिने बताएका हुन् । ‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’  उनले लेखका छन् ।

उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेर  नतिजा पालना गर्ने बताएका थिए । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन । ५७.५ प्रतिशतले अलग हुनुपर्छ र ४२.५ प्रतिशतले पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।
ट्वीटर अकाउन्ट भेरिफाइड संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने र निर्णय गरेपछि विश्वभरबाट उनकाे आलोचना भएको थियो । अर्बपति एलन मस्क टेस्ला र स्पेस एक्स पनि मालिक हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*