सहकार्य गरेर मेट्रो चलाउन बालेनलाई चिरिबाबुको प्रस्ताव

निरन्तर न्यूज
२९ मंसिर २०७९, बिहीबार २१:४२

काठमाडौं । ललितपुर महागरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीवार काठमाडौं महानगरपालिकाको २८औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा मेट्रो चलाउनको निम्ति काठमाडौं महानगरसँग आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।

उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै सो लेनलाई काठमाडौं महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव गरे । त्यसको निम्ति महानगरपालिकालाई अविलम्व कदम चाल्न मेयर महर्जनको आग्रह छ ।

काठमाडौं उपत्यकाभित्र ५० लाख जनसंख्या छ । ३० लाख जनसंख्या भएपछि त्यहाँ मेट्रो चलाउन सकिन्छ भन्ने अन्तर्राष्ट्रिय अध्ययनले जनाउँछ, तसर्थ अब यहाँ एककिसिमको मेट्रो अथवा ¥यापिड बस ट्रान्जिट सिस्टमको व्यवस्थापन गर्नु अति अनिवार्य भइसकेको छ’ उनले भने, ‘तसर्थ यसमा म काठमाडौं महानगरपालिकालाई विशेष अनुरोध गर्न चाहन्छु कि यसमा हामी सहकार्य गरेर अगाडी बढौँ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसमक्ष प्रस्ताव राख्दै उनले भने, ‘मैले ललितपुरमा त बाइसाइकल लेन बनाएँ । यो वर्ष अब ३० किलोमिटर थप्न गइरहेको छु । ललितपुरबाट काठमाडौंमा पनि जोडौँ । काठमाडौंले बुढानिलकण्ठमा जोडेर शिवपुरीको टुप्पोसम्म बाइसाइकल लेन बनाएर त्यो गोदाबरीको गार्डेनसम्म पु¥याउन पायौँ भने एकदमै राम्रो हुन्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*